७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत रोडमा राखिएका सोलारबत्ती बिग्रिए, मर्मतमा बिबाद



 

भदौ ७, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती बल्दैनन् । बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा कसैले चासो देखाएका छैनन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र पुष्पलाल चोकसम्म ७० र तत्कालीन संसद् विकास कोष र जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्म १५० पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा बिग्रिएका छन् ।

काठमाडौं स्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सुरुवाती ७० सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० कसले जडान गरेको भन्ने बारेमा नेपालगन्ज उपमहानगरपालिकासँग जानकारी छैन ।

उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भने, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या छ ।” बत्तीको पाठपूर्जामध्ये कुनै दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको तर सम्झौता मन्त्रालयबाटै भएको हुँदा प्राविधिक कुराहरुबारे हामीलाई जानकारी नभएको उनले बताए ।

गणेशमान चोकदेखि ट्राफिक चोकसम्म २८ सोलार बत्तीमध्ये दुई र गणेशमान चोकदेखि बिपी चोकसम्मको २६ मध्ये सात सोलार बत्ती बिग्रिएका छन् । सबैभन्दा बढी बिपी चोकदेखि धम्बोझी चोकसम्म ३७ मध्ये २४ सोलार बत्ती बिग्रिएका छन् तर १० १५ मात्र सोला बत्ती बिग्रिएको आफूलाई जानकारी भएको इञ्जिनीयर गुप्ताले बताए ।
रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००