भदौ १, रसुवा । वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका ५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेका छैनन् ।
आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिए । सडक खुलाउन सयम लाग्ने उनले बताए । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् ।
सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् ।
रासस




प्रतिक्रिया