२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराले जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने भेरी नदी पुल जोखिममा



 

साउन २९, जाजरकोट । नलगाड नगरपालिका १२ ठूलाबगरमा आज बिहान पहिराले दुई घर पुरेको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।

पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने सो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । जाजरकोट र रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००