२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराले जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने भेरी नदी पुल जोखिममा



 

साउन २९, जाजरकोट । नलगाड नगरपालिका १२ ठूलाबगरमा आज बिहान पहिराले दुई घर पुरेको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।

पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने सो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । जाजरकोट र रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००