२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा



 

साउन १०, काठमाडौं । काठमाडौं महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ ।

पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए ।

यसरी शुरु हुने काममा टेकुमा रहेको पचली भैरवको संरक्षण, आकाशे पुल निर्माण, स्मार्ट टेक्नोलोजी कम्पिटिसन, तथ्याङ्क केन्द्र स्थापना, प्रशासनिक सुधार, सामुदायिक कार्यक्रमको मूल्याङ्कन जस्ता छन् ।

त्यसैगरी अनौपचारिक क्षेत्र सुधार, वातावरणीय अध्ययन अनुसन्धान, साझेदारी विकास, सामुदायिक स्वास्थ्य सेवा तथा फार्मेसी सेवा सञ्चालन, महानगरपालिकाको गुणस्तरीयतासम्बन्धी मापदण्ड, न्यून आय भएका परिवारका लागि भाडाघर निर्माणसम्बन्धी अध्ययन, शहरी यातायात सुधारसम्बन्धी अध्ययन, साइकल ट्र्यक निर्माण, सार्वजनिक संरचना मर्मतजस्ता कार्यक्रम रहेको छ ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार ००:००