७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोदा नदीमा पक्की पुल निर्माण हुँदै



 

३० असार, कञ्चनपुर । कञ्चनपुरको लाझाडी गाउँपालिका– ३ बल्मिस्थित दोदा नदीमा ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ ।

तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वषौं देखिको नदी तर्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका प्रमुख मदनसेन वडायकले बताए ।

नदीमा पुल नहुँदा वर्षाका बेला यहाँका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । यस क्षेत्रमा एक हजार बढी परिवारको बसोवास रहेको छ ।
रासस

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ००:००