२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन



 

२९ असार, हेटौँडा । हेटौँडा–कुलेखानी सडक अन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंबाट हेटौँडा लगायत तराई र हेटौँडा बाट काठमाडौं तर्फ गएका सुमो जीप, कार, मोटरसाइकल लगायतका साधन यातायात सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यसैगरी मदनभण्डारी सडक खण्डमा पर्ने सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिका २, ज्यामिरेमा गएराति गएकै पहिरोबाट अवरुद्ध रहेको सडकलाई पहिरो पन्छाउने कार्य भइरहेको र आज साँझसम्ममा काठमाडौं–हेटौँडाको यातायात सेवा सञ्चालनमा ल्याइने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ००:००