२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

लेखक स्थानीय खबर २६ असार २०७५, मंगलबार १ मिनेट पढाइ

 

२६ असार, जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।

आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर आजदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

समयमा बजेट निकासा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् ।

भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता खान नपाएको जाजरकोट अस्पतालका प्रमुख डा राजेन्द्र लामाले बताए ।
रासस

प्रकाशित मिति : २६ असार २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।