२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवश्यक जमीन जुटेपछि दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुल्याे



 

१९ असार, दमक । झापाको दमक ३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ ।

जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावरको कार्य अगाडि बढ्ने भएको हो ।

वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुलेको वडाध्यक्ष नवीन बरालले बताए । उनका अनुसार नगरपालिकासहित भ्यूटावर समितिको एक टोली काठमाडाँै पुगेर भ्यूटावरको जग्गा सरकारलाई हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख रोमनाथ ओली, उपप्रमख गीता अधिकारी सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष बरालले बताए ।

त्यसक्रममा जग्गाको पूर्जा ग्रहण गर्दै प्रम ओलीले अब भ्यूटावरको कामले गति लिने विश्वास व्यक्त गरेको उनले बताए । सो भ्यूटावरको गतवर्ष प्रम ओलीले शिलान्यास गरेका थिए ।
रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार ००:००