१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति



 

१० असार, उर्लाबारी– मोरङ । मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।

उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको आरोप स्थानीय गणेश दाहालको छ ।

उनले भने– “छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ तर कतै दुई इन्च, त कतै तीन इन्च मोटाइमा ग्राभेल भएको छ, यसवारे नगरपालिकामा पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन ।”

सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ । ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने–“नियमक निकाय किन आँखा चिम्लेर बसेको छ रु”

मापदण्डअनुसार सडक ग्राभेल भए वा नभएको विषयमा इन्जिनियरले अनुगमन नै नगरी हचुवाको भुक्तानीका लागि सिफारिस गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए ।

सडक अनुगमन समितिका संयोजक एवं उर्लाबारी वडा नं ६ का सदस्य अम्बिका तामाङले मापदण्ड अनुसार नै सडक ग्राभेल भएको दाबी गरिन् ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००