१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण शुरु



 

८ असार, पोखरा । पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ ।

सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।

तीन वर्षेको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याबिन भर्ने, पानी कटाउनको लागि हेमपाइप बिछ्याउने, नाला निर्माण कार्य भइरहेको फुस्रेखोला, रामदी मट्टीखान देउराली बाटो उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर थापाले जानकारी दिए ।

२०५७ सालमा ट्रयाक खोलिएको उक्त हुलाकी मार्ग स्थानीय तह र जनश्रमदान परिचालन गरी २०६५ सालमा स्तरोन्नति गरिएको जानकारी दिँदै उनले बजेट समयमा निकासी हुन नसक्दा काममा ढिलाइ भएको दुखेसो पोखे ।

उनका अनुसार सिद्धार्थ राजमार्गको विकल्पका रुपमा लिइएको सो बाटो स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका हुँदै गुडीखोला राङकोसमा राजमार्गसंग जोडिने छ ।
रासस

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ००:००