१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध



 

७ असार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

गत जेठ ३० गते राति परेको भारी वर्षासंगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो ।

ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल नै बगाएर सडकमा थुपारिदिएपछि पैदल यात्रुलाई समेत बाटो छिचोल्नु समस्या भएको हो ।

डिटिएमपीअन्तर्गत २०६९ सालदेखि सञ्चालन भएको सो सडक पहिरोले अवरुद्ध भएपछि मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन बन्द भएको वडाध्यक्ष मगाधन राईले बताए ।

पहिरोका कारण साविकको फेदी, खार्ताम्छा, पाथेका, बाक्सिला, बास्पानी लगायतका यात्रुलाई सदरमुकाम हुँदै काठमाडौं आवतजावत गर्न समस्या भएको छ । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार ००:००