३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो



 

५ असार, बाबियाचौर– म्याग्दी । आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पु¥याइएको छ । विसं २०६७ मा अदिभारादेखि शुरु भएको सडकको मार्ग निर्माण कार्यले हालै पूर्णता पाएको हो ।

करीब एक करोड सात लाखको लागतमा अदिभारादेखि सेउलुङ औला डाँडागाउँ हुँदै किटिनी जोड्ने १६ किलोमिटर सडकको मार्ग निर्माण भएको हो । अदिभारादेखि औलाभिर सम्मको तीन किलोमिटर सडक निर्माणमा तत्कालीन जिविस र रुम गाविसबाट करीब ५० लाख लगानी भएको थियो ।

गत वर्ष औलाका बासिन्दाले १८ लाखको लागतमा औलाभिरको पहाड फुटाएर गाउँमा सडक पु¥याएका थिए । यस वर्ष गाउँपालिकाले विनियोजन गरेको ३५ लाख बजेटबाट औलादेखि डाँडागाउँ किटिनी हुँदै बागलुङको तमानखोला गाउँपालिकाको सिमाना सोलेडाँडासम्म सडक पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष पदम पुनले बताए ।

भिरालो र चट्टानी पहाडमा सडक निर्माण गर्दा धेरै बजेट र समय खर्च भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । यो सडकबाट सेउलुङ, औला, डाँडागाउँ, पात्ले, किटिनी लगायत बस्तीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका बासिन्दालाई पनि यो सडकले सुविधा पुगेको वडाध्यक्ष हेमबहादुर पुनले जानकारी दिए ।

डाँडागाउँसंगै सातवटा वडा रहेको मालिका गाउँपालिकाका सबै वडा र बस्ती सडक सञ्जालमा जोडिएका छन् । सडक निर्माण भएपछि स्थानीयवासीलाई आवत जावत, निर्माण तथा खाद्यान्न सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि, पशुजन्य वस्तु र वनपैदावार बजारसम्म पु¥याउन सहज भएको छ ।

ढुवानी खर्च घटेको छ । भौगोलिकरुपमा विकट क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थामा पुगेर सेवा लिन सहज भएकामा स्थानीयवासी केशबहादुर बुढाथोकीले खुशी व्यक्त गरे ।

पाँच मिटर फराकिलो सडकमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि जिप, ट्र्याक्टर, ट्याक्सीले सेवा दिन थालेका छन् । दरवाङदेखि तमानखोला जोड्ने छोटो दूरीको मानिएको यो सडकलाई सुधार, स्तरोन्नति र नियमित सवारी सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार ००:००