८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरका १० ठाउमा सार्वजनिक शौचालय निर्माण हुने



 

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलो चरण अन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वजनिक शौचालयको निर्माण गर्ने कार्य अगाडि बढाउने कामपा निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनले भने– “शुरुमा अत्यावश्यक दश स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ, एउटा शौचालयको निर्माण लागत दश लाख लाग्ने अनुमान छ ।”

एउटा शौचालय निर्माण गर्न कम्तीमा ४ महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरी थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्रथमिकतामा राखेको भएपनि हालसम्म उक्त कामले गति लिन सकेको छैन् ।

गत वर्ष नै सडक विभागले काठमाडौंका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि कामपालाई अनुमति दिइसकेको छ ।

पानी समस्याका कारण सुन्धारा, रत्नपार्क लगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेको छैन । सरकारले सन् २०१७ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।
रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार ००:००