११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक घर एक धारा आयोजना सम्पन्न, स्थानीयबासी दङ्ग



 

१ असार, बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजाको दुर्दीमा एक घर एक धारा आयोजन निर्माण सम्पन्न भएको छ । ८५ लाख २६ हजार रुपैयाँमा निर्माणसम्पन्न भएको स्थानीयबासीमा खुशीयाली छाएको छ ।

घरघरमा बनेका धाराबाट पानी खसेपछि स्थानीयबासी दंग परेका छन् । यसअघि गाग्री र भाँडा बोकेर पानीका लागि कुवा र पोखरीमा धाउन बाध्य स्थानीयवासी अब घरको आँगनमै बनेको धाराबाट पानी झरेपछि उत्सहित भएका छन् ।

गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनामार्फत ६६ लाख २६ हजार रुपैयाँ र १९ लाख बराबरको जनश्रमदान आयोजना सम्पन्न गरिएको हो ।

आयोजनाबाट ६८ घर, सामुदायिक भवन, मन्दिर र विद्यालय गरी ७१ वटा धारा निर्माण गरी पानी सञ्चालन गरिएको भित्रिबन खानेपानी उपभोक्ता समितिका सचिव भक्तबहादुर रोकाले बताए । रासस

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार ००:००