२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी गाउँपालिकाका १६ विद्यालयमा दरबन्दी शून्य

लेखक स्थानीय खबर २९ जेष्ठ २०७५, मंगलबार १ मिनेट पढाइ

 

२९ जेठ, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँमा शिक्षा ऐन–२०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालय मध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको शिक्षक फनिलाल सदाले बताए ।

गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकले जिल्लामा दरबन्दी मिलानका क्रममा एक एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरेपनि आफूहरुको विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै दरबन्दी विद्यालयमा दिनुपर्ने लगायतका १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिए ।

ज्ञापनपत्रमा विद्यालयलाई शिक्षक दरबन्दीको अभावमा अध्यापन कार्य अवरोध भइरहेको हुँदा यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, हाल कार्यरत विद्यालयमा प्रअ तथा शिक्षकलाई छुट्टै नियुक्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेको शिक्षक जितन साहले बताए ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।