११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको बेलौरीमा ३३० जनाकाे निःशुल्क अाँखा परिक्षण



 

२७ जेठ, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३० जनाले आँखा जाँच गराएका हुन् ।

शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताए । शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ । आँखा शिविरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले शुभारम्भ गरेका थिए ।

शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट लगायत प्राविधिकको टोलीले सेवा प्रदान गरेको थियो ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार ००:००