८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण कौशलटार–विरुवा सडक बन्द



 

२४ जेठ, भक्तपुर ।
कौशलटारबाट सूर्यविनायक नगरपालिका बालकोट हुँदै सिरुटार विरुवा जाने सडक आज देखि बन्द भएको छ ।

सडक विस्तारका क्रममा सूर्यविनायक नगरपालिका २ बालकोट पाटीधारा नजीकै पहिरो गएर मुख्य पक्की सडक नै भत्किएको छ । सडक बन्द हुँदा विरुवाबाट सिरुटार, कालकोट, कौशलटार हुँदै रत्नपार्क जाने बस सेवा र बालकोट, कौशलटार हुँदै कलंकी जाने माइक्रोबस सेवा बन्द भएको छ ।

सडक निर्माणको जिम्मा पाएको खानी ब्राइज ज्ञानज्योति कन्स्ट्रक्सनका सञ्चालक अकुर गौतमले गए राति परेको ठूलो वर्षाका कारण टोलभरीको सबै पानी त्यही क्षेत्रमा आउँदा पहिरो गएको बताए ।

डिभिजन सडक कार्यालय भक्तपुरका सूचना अधिकृत इञ्जिनीयर गोपाल खकुरेलले विगतमा स्थानीयवासीले अवरोध सिर्जना गरी काम रोक्दा अहिले समस्या आएको बताए ।

हालको चार मिटर सडक फराकिलो बनाई ११ मिटरको कालोपत्रे सहित पैदलामार्ग, नाली, ढल लगायत ३ करोड ८० लाखको लागतमा विस्तार गर्ने काम भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००