१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल–पाल्पा सडकखण्डको स्थलगत निरीक्षण



 

२३ जेठ, रुपन्देही ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा पहिरोको आज स्थलगत निरीक्षण गरेका छन् ।

स्थलगत अनुगमनपछि उनले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चिडिया खोलादेखि पाल्पाको दोभानसम्म सुरुङमार्ग निर्माण थालिने जानकारी दिए ।

मन्त्री महासेठले एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिँदै नयाँ आर्थिक वर्षबाट नै सुरुङमार्गको काम शुरु गरिने बताए ।

पाल्पाका प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले तल्लो सिद्धबाबा देखि माथिल्लो सिद्धबाबा सम्म झण्डै तीन किमी सडक क्षेत्र जोखिममा रहेको बताए ।

यो सडकखण्डमा वर्षामा मात्रै होइन हिउँदमा समेत सुक्खा पहिरो खसेर अनेकौँले ज्यान गुमाएका छन् । अहिलेसम्म साना–ठूला गरेर तीन किमी क्षेत्रमा ११३ वटा पहिरो खसेको छ ।

पाल्पा जिल्ला विकास समन्वय समितिका सभापति दया बस्नेतले १० वर्षको अवधिमा पहिरोबाट ७० जनाको मृत्यु भएको जानकारी दिए ।

सडकखण्डमा ढुङ्गे पहिरो खस्दा र दुर्घटना भएर १० वर्षमा १८ बस, सात ट्रक, कार, जिप, नौ र मोटरसाइकल १९ दुर्घटनामा परेका छन् ।
रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ००:००