८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा संकलन बाट एम्बुलेन्स खरीद



 

२२ जेठ, चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो ।

साविक ठूलो सिरुबारी गाविस हुँदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट ५०० का दरले उठेको छ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान दुई लाख र वडाबाट एक लाख गरी कूल १६ लाख संकलन भएकामा रु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ । बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए ।

सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताए ।
रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार ००:००