१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै



 

१८ जेठ, काठमाडौं ।
सफाइ अभियानले फोहर उठाएर राखेको एक साता सम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरे लगायत पनि सहभागी थिए ।

अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहर नदी किनारस्थित बसपार्कमा थुपारिएको थियो । नगरपालिकाले फोहर उठाउने भनिए पनि एक हप्तासम्म त्यही थुपारिँदा बसले किचेको छ । तर अध्यक्ष बस्नेतले भने गाकर्णेश्वर नगरपालिकाले फोहर उठाउने प्रतिबद्धता जनाएको बताए ।

नगर उपप्रमुख शान्ति नेपाल फोहर लैजाने सवारी बिग्रिएकाले फोहर उठ्न नसकेको बताउछिन् । वाग्मती सफाइ महाअभियानले पाँच वर्ष पूरा गरेको अवसरमा समीक्षा गरेको छ । महाअभियानबाट प्रभावित भई हाल देशभर ९४ स्थानमा सफाइ अभियान चलिरहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल सफा नभएसम्म यो अभियान चलाइरहने निर्णय गरिएको छ । सरकारले हाम्रो अभियानकर्मीको भावनालाई कदर गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकामा महाअभियानले धन्यवाद ज्ञापन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा संघीय संसद्मा जेठ १५ गते पेश गरेको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच पु¥याउने र शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिक स्थानमा सुविधा सम्पन्न स्मार्ट शौचालय निर्माण गर्ने उल्लेख गरेको छ ।
रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ००:००