२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार



 

१६ जेठ, मंगलबारे– इलाम ।
सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए । उनले भने “धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ ।”

नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । मौसमले साथ दिएमा परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । तारा एयरका पाइलट विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।

“गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने योजना थियो, निर्माण नसकिएका कारण ढिला भएको हो,” उनले भने । निर्माण व्यवसायी मोहन गुरुङ विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताउछन् । धावन मार्गका लागि करीब १ करोडमा काष्ठमाण्डप निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । विमानस्थलको धावन मार्ग ७०० मिटर लामो र ६० मिटर चौडा छ । नौ करोडमा ढल व्यवस्थापनको काम भइरहेको छ ।

सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पाँचथर, इलाम सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका बासिन्दालाई सजह हुनेछ । हालसम्म धावन मार्ग निर्माण गर्न आठ करोड तथा ढल निकासका लागि ९ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए । निर्माण सम्पन्न गर्न करीब ३५ करोड आवश्यक छ ।
रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ००:००