५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ र भरतपुर क्षेत्रका सडकका पसल हटे



 

१५ जेठ, चितवन ।
भरतपुर महानगरपालिकाका मुख्य बजार नारायणगढ र भरतपुर क्षेत्रका सडक पेटीमा सञ्चालन भएका व्यवसाय हटाइएको छ । महानगरपालिकाले सडक व्यवसायीलाई नारायणगढको बालकुमारी अगाडि व्यवसाय गर्ने स्थान छुट्याएको छ ।

महानगरपालिकाले भरतपुरका मालपोतचोक, हाकिम चोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, शहीद चोक, पुल्चोक, मिलन रोड, मेनरोड लगायत ठाउँमा रहेका सडक पेटीका पसल र ठेलालाई हटाएको हो ।

दश वर्षदेखि सडक पेटीका व्यवसायलाई व्यवस्थापन गर्न नसकेको महानगरपालिकाले यस पटक भने जसरी पनि सडकबाट हटाएरै छाडिने महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००