१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिनगर गाउँपालिकाः झाडापखालाकाको मुख्य कारण दुषित पानी



 

१५ जेठ, तुलसीपुर– दाङ ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका– ३ र ४ मा महामारीका रुपमा गत शनिबारदेखि झाडापखाला फैलिनाको मुख्य कारण मुहान दूषित हुनु भएको पुष्टि भएको छ ।

सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएको छ । दिसापिसाबमा पाइने सो जीवाणु मुहानमा भेटिएपछि मुहान असुरक्षित रहेको पुष्टि भएको छ ।

यसैबीच सोमबार बिहान ९ बजेपछि ३१४ झाडापखालाका बिरामी चिराघाट स्वास्थ्य केन्द्रमा उपचारका लागि पुनः आएका छन् । यहाँ झाडापखालाबाट प्रभावित हुने एक हजार ४४१ जना छन् ।

सोमबार आएका बिरामीमध्ये दुई जनालाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएको छ भने १० जना बिरामीको चिराघाटमा उपचार भइरहेको छ । अन्य बिरामी उपचारपछि घर फर्केका छन् । झाडापखाला नियन्त्रणका लागि व्यापक सचेतना अपनाइएको छ ।

मुहानको पानी पूर्णरुपमा बन्द गरिएको छ । प्रभावितलाई तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ । अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेना र चिकित्सक टोली औषधिसहित राखिएका छन् ।

तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका १० र सोमबारका दुई बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि १० बिरामी उपचाररत छन् ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००