२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत वस्ती र प्रदेशको नामकरण बारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

लेखक स्थानीय खबर १४ जेष्ठ २०७५, सोमबार १ मिनेट पढाइ

 

१४ जेठ, काठमाडौं ।
अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो ।

एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार समाहित एकीकृत वस्ती निर्माण गर्न खोजिरहेको छ । यस योजनालाई अघि बढाउन काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय उपभोक्ताबीच त्रिपक्षीय सम्झौताको तयारी भइरहेको बताइएको छ ।

अभियानका संयोजक मचाराजा महर्जनले नरदेवीमा बनाउन खोजिएको एकीकृत वस्तीको योजना र अहिलेसम्म भएका काम कारवाहीबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले एकीकृत वस्तीबारे विस्तृत योजना, लागतका साथै त्यसमा स्थानीय जनताको पूरापूर सहमति भए यस्तो योजनालाई परिणाममुखी बनाउन सकिने वचन दिएका थिए ।

अधिकारकर्मी मल्लले ऐतिहासिक आधार एवं पुष्ट्याइँ र जनभावनाको कदर हुने गरी प्रदेश नं ३ को नामकरण गर्ने काममा मुख्यमन्त्रीको सकारात्मक पहलकदमीका लागि आग्रह गरेका थिए । मुख्यमन्त्री पौडेलले नामकरणको विषयमा प्रदेशसभाकै निर्णय सर्वोपरी हुने भएकाले उसैको जिम्मामा छाड्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिनिधिमण्डलमा प्रदेश नं ३ का सांसद वसन्त मानन्धर र नेवाः जागरण मञ्चका संयोजक सुजीव बज्राचार्य पनि सहभागी थिए ।
रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।