१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापनः मन्त्री पण्डित



 

१२ जेठ, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय ढाँचाअनुसार गरिने छ ।” उनले राष्ट्रसेवक तथा जनप्रतिनिधिबीचको समन्वय गरेर संघीय शासन सफल पार्ने बताए ।

मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले सय दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दाबी पनि गरे । उनले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत हुने बजेटले छर्लङ्ग हुने गरी स्पष्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताए ।
रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार ००:००