१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा प्याराग्लाइडिङ परीक्षण उडान



 

११ जेठ, मंगलबारे– इलाम ।
पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो ।

इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो । पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाएका थिए ।

प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन् । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने बताइएको छ ।

इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने वताइएको छ । यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगर पोखरा र इलामबीचको सम्बन्ध अझ नजिक हुने अध्यक्ष राईको विश्वास छ ।
रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ००:००