८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपुरासुन्दरी मन्दिर परिसरमा जैतुनका बिरुवा रोपियो



२ जेठ, त्रिपुराकोट– डोल्पा ।
लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवर्द्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा अवस्थित भगवती मन्दिर परिसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, वडा नं १ का अध्यक्ष कर्मसिंह थापा र न्यायिक समिति सदस्य छक्कबहादुर धरलाले संयुक्तरुपमा जैतुनको बिरुवा रोपेर जैतुन बिरुवा संरक्षण तथा हरित मन्दिर अवधारणा अभियानको शुभारम्भ गरेका हुन् ।

सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हुँदै गइरहेको बेला यसको संरक्षण र प्रवर्द्धन पनि हुने र मन्दिरलाई हरित मन्दिरको रुपमा विकास गर्न सकिने भएकाले जैतुन बिरुवाको संरक्षण अभियानअनुरुप मन्दिर परिसरको खाली क्षेत्रमा जैतुन बिरुवा वृक्षारोपण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरलाले बताए ।

जैतुन बिरुवा संरक्षण तथा प्रवर्द्धन अभियानको शुरुवातमा यो वर्ष मन्दिर परिसरमा १०० जैतुनका बिरुवा वृक्षारोपण गरिएको छ । पूरै मन्दिर परिसरमा एक हजार ५०० बिरुवा आवश्यक पर्ने भएकाले पाँच वर्षमा अभियान सम्पन्न गर्ने गरी जैतुनको वृक्षारोपण थालनी भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ००:००