२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुखमाथि आक्रमणका मुख्य योजनाकार बोगटी पक्राउ

लेखक स्थानीय खबर १ जेष्ठ २०७५, मंगलबार १ मिनेट पढाइ

१ जेठ, भक्तपुर ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी बोगटीसंगै प्रहरीले दुई थान मोटरसाइकल, पाँच थान मोबाइल, १३ थान सिमकार्ड, पार्टीका विभिन्न पर्चा, पम्प्लेट तथा चन्दा रसिद बरामद गरेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।