३१ वैशाख, रामपुर– पाल्पा ।
सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।
आइतबार रातिदेखि परेको अविरल वर्षासंगै तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।
पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उनले बताए । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।
रासस
प्रतिक्रिया