१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतका दुई विद्यालय केयुको अनलाइन मास्टर डिग्री सेन्टर



३० वैशाख, फलेवास– पर्वत ।
काठमाडौं विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ । जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना गर्ने भएको हो ।

काठमाडौं युनिभर्सिटीको स्कूल अफ एजुकेशनले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो ।

कार्यक्रम काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन संकायअन्तर्गत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेशन आगामी शैक्षिक सत्रबाट सञ्चालन हुनेछन् ।

शुक्रबार र शनिबार काठमाडौं विश्वविद्यालयको आयोजना तथा भवानी विद्यापीठ र आदर्श माविको संयोजनमा पर्वत र बाग्लुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअहरुका लागि भवानी विद्यापीठ माविमा र आदर्श माविमा आयोजित दुईदिने स्कूल लिडरसिप तालीम कार्यक्रमको अवसरमा भवानी विद्यापीठ मावि, आदर्श मावि र काठमाडौं विश्वविद्यालय बीच सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्यक्रममा विद्यालयको गुणस्तर वृद्धि गर्न प्रधानाध्यापकको भूमिकाका बारेमा तालीममा सहभागी शिक्षकलाई काठमाडौं विश्वविद्यालयका प्रा डा वासुप्रसाद सुवेदी र डा धनपति सुवेदीले प्रशिक्षण दिएका थिए ।

सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियन्ता भवानी विद्यापीठ विद्यालयका पूर्वअध्यक्ष भोलनाथ शर्मा, आदर्श मावि कुस्माका प्रधानाध्यापक हिमबहादुर पौडेलले यो अवसरलाई जनशक्ति उत्पादन र शैक्षिक सुधारका लागि प्रयोग हुने विश्वास व्यक्त गरे ।

पहिलो दिनको अभिमुखीकरणमा फलेवास र बाग्लुङका विद्यालयका प्रअ तथा शिक्षकहरु गरी ४७ जना शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो दिन आदर्श माविमा भएको तालीममा कुस्मासहित बाग्लुङका ३५ प्रअ र शिक्षक–शिक्षिकाको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार ००:००