२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित



२६ वैशाख, दार्चुला ।
‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठौँ तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाममा रहेको खुलामञ्चमा भएको एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै जिल्ला खुला दिशामुक्त भएको घोषणा गर्नुरेका हुन् ।

जिल्लाभरि रहेका कूल २६ हजार २६ घरधुरीमा तथा सार्वजनिकस्थलमा शौचालय निर्माण भई प्रयोगमा आएसंगै जिल्लालाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको हो । दार्चुला जिल्लालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भएपनि लक्ष्य प्राप्ति हुन नसकेपछि सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभिप्रायका साथ २०६६ साल असोज ५ गते साविकको धारी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो भने महाकाली नगरपालिकालाई २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी थालिएको थियो ।

जिल्लामा सरसफाइको पहुँचको अवस्था शतप्रतिशत रहेको छ । जिल्लामा ९७ प्रतिशत सुधारिएका शौचालय रहेका छन्, भने तीन प्रतिशत शौचालय कच्ची अवस्थामा रहेका छन् । २०६८ सालमा जिल्लामा सरसफाइको अवस्था १४ प्रतिशत रहेकोमा हाल १०० प्रतिशत रहेको छ ।

जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानमा आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म १२ करोड ४१ लाख १८ हजार खर्च भएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी गराए ।

जिल्ला खुला दिसामुक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, सुरेश शाही, दीपा रोकाया, रेखा जोशी, पुष्पा बोहरा र गौरी भट्टले प्रस्तुति राख्नुका साथै लेकमको हुडकेउली नाच, दुहुँको सरौ नाच तथा व्याँसी सौकाको झाँकी प्रदर्शन गरिएको थियो ।
रासस

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ००:००