२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै काठमाडौं महानगर

लेखक स्थानीय खबर २५ बैशाख २०७५, मंगलबार १ मिनेट पढाइ

२५ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्ग ९फुटपाथ० का पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ । अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उनले बताए ।

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्री सहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ । अनुमतिबिना नै त्यस्ता पसल सञ्चालन हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।
रासस

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।