२३ वैशाख, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले ५ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिन पहिले उनीहरु पक्राउ परेका थिए ।
आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
रासस
प्रतिक्रिया