९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ करोडको टोखा गुरुयोजना



२१ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासंग सहकार्य गरिने बताएका छन् । टोखा नगरपालिकाले शुक्रबार यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तर नगर साझेदारी कार्यक्रम अन्तर्गत टोखा नगरपालिकालाई १ करोड दिइने घोषणा गरे ।

टोखा नगारपालिकाका प्रमुख प्रकाश अधिकारीले धार्मिक र ऐतिहासिक टोखा नगरपालिकालाई विकासको दृष्टिकोणले पनि सम्पन्न बनाउन आफू प्रतिबद्ध रहेको बताए । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले आफू पनि मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिए ।

टोखा नगरपालिकामा रहेको ऐतिहासिक सम्पदाको संरक्षण र विकासका लागि २५ करोडको गुरुयोजना तयार गरिएको छ । त्यसमा मुख्यगरी बालमैत्री उद्यान, झोलुङ्गेपुल र मन्दिरहरुको पुनःनिर्माण तथा नगरपालिकाको वडा नं १ मा पर्ने बौडेश्वर झरनाको सौन्दर्य वृद्धि जस्ता काम प्राथमिकतामा पर्नेछन् ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००