८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात बन्दले प्रदेश ५ को जनजीवन प्रभावित



२१ वैशाख, रुपन्देही ।
यातायात व्यवसायीले आह्वान गरेको यातायात बन्दका कारणले यहाँको जनजीवन प्रभावित भएको छ । उनीहरुले सिन्डिकेट कायम गर्न दबाब दिँदै आह्वान गरेको यातायात बन्दले प्रदेश नं ५ को अधिकांश जिल्लामा प्रभाव परेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय, बुटवलले जनाएको छ ।

“प्रदेशका अधिकांश जिल्लामा यातायात सञ्चालन भएका छैनन्,” पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने । सार्वजनिक यातायात सञ्चालन नभएपछि यात्रुले सास्ती खेप्नु परेको छ ।

बन्दका कारण बुटवलदेखि काठमाडौं, नारायणगढ, नेपालगञ्ज, महेन्द्रनगर चल्ने लामो दूरीका सवारी साधन र बुटवल–भैरहवा र बुटवल–सालझण्डी चल्ने सवारी साधन सञ्चालन भएका छैनन् । तर निजी मोटरसाइकल र अटो रिक्सा सञ्चालन भइरहेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको यातायात बन्दलाई नेपाल, ट्रक यातायात व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी संघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, पेट्रोलियम डिलर्स एशोसिएसनले समेत समर्थन गरेका छन् ।

सरकारले सेवा अवरुद्ध गर्ने सवारी साधनको रुट परमिट नै खारेज गर्ने चेतावनी दिएको छ ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००