१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्रूतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन



२० बैशाख, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १७ कम्पनीले इच्छा देखाएका छन् ।

कूल ७६.३ किलोमिटरको द्रूतमार्गको डीपीआर १ स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । डीपीआरका लागि आवेदन दिनेमा भारत, चीन र युरोपसम्मका निर्माण कम्पनीहरू छन् । प्राप्त आवेदनको अध्ययन गरी सर्ट लिष्ट तयार गर्ने काम भइरहेको सेनाले जनाएको छ ।

यसअघि द्रुतमार्गको डिपिआर भारतीय निर्माण कम्पनीले तयार गरेको थियो । उक्त कम्पनीले डीपीआर शुल्क धेरै मागेपछि सेनाले अर्को डीपीआर बनाउने निर्णय गरेको हो । राजधानीबाट तराई–मधेश जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको यो आयोजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । अब करीब १५ दिनभित्रै डिपिआर कसले तयार गर्ने भन्नेबारे टुङ्गो लाग्ने सेनाले जनाएको छ ।

द्रुतमार्ग निर्माण गर्न सेनाले ५÷५ स्थानमा स्थायी र अस्थायी आधार शिविर खडा गरिसकेको छ । यसअघि उक्त राजमार्गको नमूना मार्ग पनि नेपाली सेनाले नै खोलेको थियो । द्रुतमार्ग निर्माणमा अहिले स्वदेशी २५ कम्पनीले काम गरिरहेका छन् ।

थप दुई कम्पनी कामका लागि छनोटमा परिसकेका छन् भने एउटा कम्पनीका लागि पुनः बोलपत्र आह्वान भइरहेको छ । राजमार्ग निर्माण गर्ने क्रममा सडकको रेखाङ्कन परेको क्षेत्रका रुख कटान गर्ने काम अन्तिम चरणमा पु¥याइसकिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त द्रुतमार्ग निर्माणले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्नेछ । रासस

प्रकाशित मिति : २० बैशाख २०७५, बिहिबार ००:००