६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति



१९ वैशाख, सुर्खेत ।
कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएकी छन् ।

मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसंग छलफल गरेकी छन् ।

यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गरेकी हुन् ।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताए । “क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखौँको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ” उनले भनिन् ।

असिनाले क्षति गर्दा किसान चिन्तित

जाजरकोट, डोल्पा र रुकुममा असिनाले लाखौँको क्षति गरिदिएपछि किसान चिन्तित भएका छन् । दुई दिनसम्म परेको असिनाले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा पनि ठूलो क्षति पु¥याएको जाजरकोटका प्रदेश सांसद कृष्णा शाहले बताए ।

किसानले लगाएको पाक्न लागेको गहुँ असिनाले झारिदिएपछि बारीमा नल मात्र देखिन्छ । बाली सप्रेको बेलासमेत खाद्यान्न अभाव हुने ग्रामीण बस्तीमा यसपालि परेको असिनापानीले ठूलो क्षति पु¥याएको डोल्पाका प्रदेश सांसद वीरबहादुर शाहीले बताए । किसानको क्षतिको परिपूर्ति गर्न प्रदेश र संघीय सरकारलाई उनले राहतको व्यवस्था गर्न आग्रह गरे ।
रासस

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ००:००