१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुट मिल सञ्चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने



१८ वैशाख, विराटनगर ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ ।

जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो ।

प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व राजनेताहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।

नेपालको मजदुर आन्दोलनसंगै प्रजातान्त्रिक आन्दोलनको शुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समिति समेत नियुक्ति गरेको छ । समिति निर्माण भए पनि जुटमिल ५ देखि ६ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ । जुट मिलको करिब ५ अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ ।
रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार ००:००