११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा १३ जना लेखापाल अभाव



१८ वैशाख, भोजपुर ।
भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ । स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा कम लेखापाल कार्यरत छन् । साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालय लगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको अवस्था छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका लेखापाल भौगोलिक विकटताले गाउँमा आएर काम गर्न नचाहने कारणले गर्दा दरबन्दीअनुसारको लेखापाल अभाव रहेको हुनसक्ने नागरिक समाजका अगुवा पर्शुराम तिवारीको बुझाइ छ । लेखापाल नहुँदा विभिन्न योजनाको निकासा रकम अवरुद्ध भएको छ ।
रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार ००:००