१८ वैशाख, पथरी– मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवर्द्धन थालिएको छ ।
नगरको वडा नम्बर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी शरणार्थी शिविरको सिधा पर्ने पूर्वपश्चिम मुख्य सडकबाट उत्तरको वनभित्र रहेको सिमसार क्षेत्रको सरसफाइ गरी पोखरी निर्माण गर्ने काम थालेको हो ।
तत्काल वन समूहले ५ लाख विनियोजन गरी स्काभेटर लगाएर सिमसार क्षेत्रलाई पोखरीको रुप दिने काम थालेको समूह सचिव मैनादेवी फुयाँल आचार्यले बताइन् ।
तीनवटा पोखरीमध्ये सबैभन्दा उत्तरमा रहेको सो पोखरीपछि पूर्वपश्चिम सडकसंगै जोडिएको पोखरी समेतलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्र बनाउने योजना रहेको आचार्यले सुनाइन् ।
पोखरीका लागि समूहले वर्षेनि काम गर्दै जाने र नगरपालिका कार्यालयले पनि सहयोग पु¥याउन माग गरिएको उल्लेख गरिन् । नगर प्रमुख दिलीपकुमार राईसहितको नगरपालिकाको टोलीले सो क्षेत्रको अवलोकन गरी पर्यटकीय सम्भावना बोकेको स्थलका रुपमा अंकित गरिसकेको छ ।
पथरीशनिश्चरे नगर पूर्वमा वन तथा सिमसारयुक्त पर्यटनको प्रवल सम्भावना बोकेको नगरका रुपमा रहेको छ ।
रासस
प्रतिक्रिया