Logo

असिनापानीले तरकारी बालीमा २५ लाख बढीको क्षति



१७ वैशाख, कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजा लगायत बालीमा क्षति पु¥याएको हो ।

नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएको शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए ।

चारवटै बालीमा झण्डै सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उनले भने, असिना पानीसंगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दाना झारीदिँदा किसान समस्यामा परेका छन् ।

शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताए । पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उनले भने, “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।

यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्