१६ वैशाख, दुनै– डोल्पा ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली कांग्रेसले डोल्पाका ८ वटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।
त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली कांग्रेस डोल्पाले जानकारी दिएको छ ।
छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिका भित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।
अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए ।
रासस
प्रतिक्रिया