१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल निर्माण गर्न स्थानीय विकास सचिवसँग जुम्लावासी तिलाबासीको माग



जुम्ला । सडक सञ्जालमा नजोडिएका तिला गाउँपालिकाका वासिन्दाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँग पक्की पुल निर्माण गर्न माग गरेका छन् ।

तिला गाउँपालिकामा पर्ने साविकको मालिकाठाँटा र घोडेमहादेव गाविसका स्थानीयवासीले सचिव अधिकारीसँग पुल निर्माण गर्न आग्रह गरेका हुन् ।

 

सिंहदरबारको अधिकार दैलोमा पुगेपनि यातायातको सुविधा पाउने अधिकारबाट आफूहरू वञ्चित भएको दुखेसो पोखेका थिए ।

तिला नदीमाथि पुल नबनेका कारण भारी बोक्न बाध्य भएको साविकको मालिकाठाँटा– ९ का स्थानीय शङ्करे बुढाले दुखेसो पोखे । “पुल नबन्दा हामी यातायात सेवाबाट बञ्चित छौँं,” बुढाले भने “पुलको अभावमा आकस्मिक रोगका कयौं बिरामीले बेलैमा उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।”

इमान्दार नेतृत्व नभएकाले पनि यस्ता थुप्रै समस्या भोग्नुपरिरहेको अर्का स्थानीयवासी गोर्खबहादुर बुढाले गुनासो गरे । “गाउँमा मन्त्रालयकै सचिव आईपुग्दा हामी खुशी छौं,” बुढाले भने, “यहाँको वास्तविकता देखेपछि पुल बन्ने आस पलाएको छ ।” रासस

प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार ००:००