२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने



१३ वैशाख, भक्तपुर ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताएका छन् ।

स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, “सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक शिक्षाको पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सरकार लागिसकेको छ, नेपालमा रहेको विद्यमान बेरोजगार समस्या समाधानका लागि सीपयुक्त प्राविधिक शिक्षा सबै स्थानीय तहमा पु¥याउन वर्तमान सरकार क्रियाशील छ ।” उनले संघीय शिक्षा नियम र अनिवार्य शिक्षा ऐन बनाइने तयारी भएको पनि बताए ।

नेपालका लागि जर्मनेली राजदूत रोलान्ड सोफरले नेपालमा प्राविधिक शिक्षाको विकासका लागि जर्मनेली सरकार सधैँ सहयोग गर्न तयार रहेको बताए । जर्मनेली दातृ संस्था सुलर हिलफे फयुर नेपालका अध्यक्ष जर्ज बरले दक्ष जनशक्ति उत्पादनमा आफ्नो सहयोगले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भोकेशनल एकेडेमीका प्रमुख रवीन्द्र पुरीले नेपालमै पहिलो पटक सिटिइभिटीको सम्बन्धनमा परम्परागत घर र सम्पदा निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी एकेडेमीले प्राविधिक शिक्षा प्रदान गर्ने बताए ।

पनौतीमा सञ्चालन हुँदै आएको एकेडेमीले वार्षिक ७० डकर्मी, सिकर्मी र लौहकर्मी उत्पादन गर्दै आएकामा अब वार्षिक २०० प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।

करीब ७ करोड मूल्य बराबरको जग्गा भोकेशनल एकेडेमीलाई दान दिँदै पुरीले १ रोपनी जग्गा अर्थात् १९ हजार स्क्वायरफिट क्षेत्रफलमा सुलर हिलफे फयुरको ५ करोडको अनुदानमा एकेडेमीको भवन निर्माण भएको हो । आगामी भदौदेखि इलेक्ट्रिकल, प्लम्बिङ्ग, उड क्राभिङ्ग लगायत सीपको तालीम सञ्चालन गर्ने गरी निर्माण भएको हो ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार ००:००