६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँलेको लगानीमा आठ किमी सडक निर्माण



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ बरन्जाको धापुङवासीले गाउँलेकै लगानीमा गाउँसम्म सडक सञ्जाल विस्तार गरेका छन् । बेनी–बरन्जा हुँदै झाँक्रेपानी जोड्ने सडकले आफ्नो गाउँलाई नछुने भएपछि महेश–धापुङवासीले सामूहिक लगानीमा गाउँमा मोटरबाटो पु¥याएका हुन् ।

महेश–धापुङका अगुवा प्रेम चोचाङ्गीले कतैबाट सहयोग नपाएपछि प्रतिघर ५ हजार रूपैयाँका दरले चन्दा उठाएर र श्रमदानसहित सडक विस्तार गरेको बताए ।

बरन्जाको दहबाट धापुङवासीले श्रमदान र सामूहिक लगानीमा आठ किलोमिटर सडक खनेर गाउँसम्म सडक पु¥याएका हुन् । बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरूलाई खाजा र खानाको व्यवस्था गरेको चोचाङ्गीले बताए ।

यातायात सञ्चालनमा आएपछि एक सय नौ घरधुरी लाभान्वित भएका छन् । सडक निर्माणमा कतार, साउदी अरब, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले  ५ लाख रूपैयाँभन्दा बढी पनि सहयोग गरेको स्थानीय उमेश विकले बताए ।

गाउँसम्म सडक पुगेपछि आवत–जावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको स्थानीयवासी नरमामाया पुनले बताइन् । रासस

प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार ००:००