१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णुमति करिडोरमा पाँचसय मिटर सडक विस्तार



१२ वैशाख, काठमाडौं ।
नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो ।

उक्त बाटो विस्तारसंगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारी साधन आगमनमा सहजता हुने काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष खेमराज तिवारीले जानकारी दिए ।

सुन्दर नयाँबसपार्क निर्माणका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने, “सडक विभागको सहयोगमा बालाजुदेखि बसपार्कसम्मको करिडोरको बाटोलाई छिट्टै कालोपत्रे गरिने वडाअध्यक्ष तिवारीले बताउनुभयो ।”

मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले बाटो अहिले ११ मिटर विस्तार गरिए पनि आगामी दिनमा २० मिटर पु¥याइने लक्ष्यका साथ विस्तार अभियान थालिएको बताए । उपत्यकाको बढ्दो सवारीसंगै करिडोरको बाटो विस्तार सवारी आवतजावतमा सहजता हुने अध्यक्ष पोखरेलको भनाइ छ ।

ल्होत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पञ्कज मल्लले उक्त करिडोर विस्तारसंगै बालाजुबाट नयाँ बसपार्क आउने सवारी साधन दुई बाटो भएर चल्न सक्ने हुँदा सवारी जाममा सहज हुने बताए ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००