१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण गर्न बताएका छन् ।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रिंखलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा ओलीले चिन्ता व्यक्त गरेका छन् ।
“संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो,” ओलीले भने ।
सगरमाथा सफा हुन महासागरको सफाइमासमेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिए ।
उनले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको बताए । ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यकता औंल्याए । रासस
प्रतिक्रिया