१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन



प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ तथा भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।

आफूलाई भेट्न प्रधानमन्त्री निवास पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई शान्ति सुव्यवस्था कायम गर्न प्रहरी सङ्गठनलाई अझ चनाखो भई लाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भइसकेकाले त्यसमा केन्द्रित रहेर शान्ति सुरक्षा कायम गर्दै मौजुदा ऐन कानुनले सुम्पेको जिम्मेवारी इमान्दार र निष्पक्ष भएर निर्वाह गर्न प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । अर्याललाई सरकारले सोमबार साँझ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताए ।

यहाँ आज पत्रकारसँगको भेटघाटमा उनले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत, निर्वाचन प्रशिक्षणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक समस्या समाधान हुनेमा उनी विश्वस्त थिए ।

प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले एकै चरणमा निर्वाचन गर्ने तयारी रहेको र सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रूपमा नराख्ने स्पष्ट पारे । रासस

प्रकाशित मिति : २९ चैत्र २०७३, मंगलबार ००:००