१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमीका नगर प्रमूख श्रेष्ठमाथि आक्रमण



८ वैशाख, भक्तपुर ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुई जनाले आज सांघातिक आक्रमण गरेका छन् । साँझ करिब ६ बजे उनको निवास अगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए ।

आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।

आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए । त्यसपछि आक्रमणकारीले प्रमूख श्रेष्ठ चढेको बा ८ च ८७२० नं को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पु¥याएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ००:००