२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमाक्षेत्रका ७ गाउँपालिकालाई मोटरसाईकल



स्थानीय खबर संवादादता
काठमाडौं, ५ बैशाख

सीमाक्षेत्र विकास कार्यक्रमले गाउँपालिकाहरूलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रका ७ वटा गाउँपालिकाहरूलाई मोटरसाईकल हस्तान्तरण गरिएको कार्यक्रमका प्रमुख जिवन दुलालले जानकारी दिए ।

१५० सीसीका यी मोटरसाईकलहरू कार्यक्रमको सञ्चालन तथा अनुगमनका लागी उपयोग गरिनेछ । “सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकको जिवनस्तर उकास्न र विकास पूर्वाधारको निर्माण गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो,” दुलालले भने, “कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरूलाई स्रोत साधनसम्पन्न बनाउने उद्देश्यले सुरूमा मोटरसाईकल हस्तान्तरण गरिएको हो ।”

मोटरसाईकल पाएका गाउँपालिकाहरूः

छिन्नमस्ताः सप्तरी

देवानगञ्जः सुनसरी

बिश्रामपुरः बारा

विजयनगरः कपिलवस्तु

बढैयातालः बर्दिया

कैलारीः कैलाली

राजापुरः दाङ

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ००:००